काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् ।


ADVERTISEMENT


महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बुधबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।


ADVERTISEMENT

# # #


मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र बिकास कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।