काठमाडौँ– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गरिएको छ ।


ADVERTISEMENT


सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी दिएको हो । धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको ठेक्का गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले २०७९ जेठ २० मा पाएको थियो ।


ADVERTISEMENT

# # #


२०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का लिएको भएपनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्प नै भएपछि सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको हो । अब प्रक्रिया पु¥याएर पुनः एक दुई हप्तामै पुनः ठेक्का खोल्ने कार्यालयले जनाएको छ । उक्त सडक खण्डको वित्तिय प्रगति २५ प्रतिशत रहेको छ ।