काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयलाई आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार नभएको स्पष्ट पारेका छन्।


ADVERTISEMENT


ऊर्जा मन्त्रालयले मंगलबार पदबाट किन नहटाउने भन्दै सोधेको २४ घण्टे स्पष्टीकरणमा जवाफ फर्काउदैँ घिसिङले आफूलाई पदबाट हटाउने अधिकार मन्त्रालयलाई नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


घिसिङले उल्टै नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा सर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्थामध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो रु’ यकिन नभएकाले गोश्‍वरा आरोपमा कारबाही गर्न नमिल्ने दाबी गरेका छन् ।

आफूलाई लगाइएका आरोप मनोगत भएको, २४ घण्टाभित्र नै स्पष्टीकरण पेस गर्नुपर्ने र कारबाही गर्नुपर्ने जरुरी नदेखिएको लगायत कारणले यो स्पष्टीकरणका आधारमा पदबाट हटाउन नमिल्ने उनको जिकिर छ । साथै उनले पदमा रहँदा आफूले गरेको काममा ध्यान दिन अनुरोध पनि गरेका छन्। आफूमाथि लगाइएका सबै आरोप मनोगत भएको भन्दै आफ्नो नियुक्तिपछिको प्रगतिको सबै सूचांकले सबै प्रगति उजागर गर्ने बताएका छन् ।

घिसिङले भनेका छन्– ‘स्पष्टिकरण २४ घण्टाभित्र पेश गर्नुपर्ने जरुरपना र तत्कालै कारवाही गर्नुपर्ने अवस्था विद्यमान नभएको कुरा स्पष्टिकरणमा उल्लिखित विषयबाट प्रष्ट हुन्छ । तसर्थ स्पष्टिकरण माग गर्दा प्रतिवाद गर्ने उचित समय र पर्याप्त समय नदिईएको समेत प्राकृतिक न्यायको माइ सिद्धान्त प्रतिकुल छ ।’

हेर्नुहोस् ऊर्जा मन्त्रालयलाई घिसिङले फर्काएको जवाफ