काठमाडौँ–नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्रपक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनले दावी गरे । दाहालले गणतन्त्रपक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससंग बढि छलफल हुने जिकिर गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्र विरोधीसंग नहुने र गणतन्त्र पक्षधर एक ठाउमा उभिएर सहकार्य हुने धारणा राखे ।

उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे ।