काठमाडौँ– नेकपा एमाले सांसद रघुजी पन्त पन्तले संविधानले राजतन्त्रलाई नचिन्ने भएकाले संसदमा यस विषयमा बहस गर्न उचित नभएको बताएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच वादविवाद भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष बोल्दै सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसंगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसदमा बहस गर्न उचित नभएको बताएपछि शाही उठेर त्यसको विरोध जनाएका हुन् ।
विभिन्न इतिहासका घटना प्रस्तुत गदैृ पन्त्ले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे । राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका हुन् । आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन शाहीलाई सुझाव दिए ।
त्यस्तै सांसद पन्तले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन खोजिएको विषयमा भएका चर्चाको मन्त्रीहरुले सदनमा जवाफ दिनुपर्ने बताउनुभयो । जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरुलाइ सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए । उनले अहिलेको अवस्थामा मन्त्रीहरु फेर्ने अवस्था आएको जिकिर गरे ।