काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानून ल्याउन लागिएको भन्दै प्राधिकरणमा कार्यरत कर्मचारीहरुका संगठनले विरोध जनाएका छन् ।


ADVERTISEMENT


नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै आधिकारिक टे«ड यूनियन प्राधिकरणले कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले हवाई क्षेत्रमाथि निजीकरण गर्न लागिएको भन्दै विरोध जनाएका छन् ।


ADVERTISEMENT

# # #


दुई विधेयक देशको हितमा नरहेको भन्दै विरोध गरिएको आधिकारिक टे«ड यूनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष सुवास कोइरालाले बताए । उनले सरोकारवालासंग कुनै छलफल नगरि ल्याइएको भन्दै विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दोलन गरिने उल्लेख गरे ।

सरकारले ल्याएको विधेयक विमानस्थलको निजीकरण गरी राज्यको स्रोतको माफियाकरण गर्ने कुनियततर्फ लक्षित रहेको उनको आरोप छ ।