काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते भएको घटनाका दोषीहरु उपर छानविन गरी कानूनी कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले राजावादीहरुले विरोध प्रदर्शनका नाममा घटाएको हिंसात्मक घटनाको भत्र्सना गर्दै दोषीहरु उपर आवश्यक छानविन गरि कानूनी कारवाही अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।