काठमाडौं-नेपाल वित्तीय संस्था कर्मचारी संघ (एफआईईयुएन)को ३५औं स्थापना दिवस भव्य रूपमा काठमाडौंमा सम्पन्न भएको छ। प्रभातफेरीसहित सुरु भएको कार्यक्रमले श्रमिक अधिकार, वित्तीय क्षेत्रको पारदर्शिता र सशक्त ट्रेड युनियन आन्दोलनप्रति प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।


ADVERTISEMENT


कार्यक्रमको प्रारम्भ बिहान ७:०० बजे भद्रकाली परिसरबाट प्रभातफेरीमार्फत गरिएको थियो, जसको समापन भृकुटीमण्डप परिसरमा गरिएको हो। कार्यक्रम एफआईईयुएनका महासचिव विकाश श्रेष्ठले सञ्चालन गरेका थिए।


ADVERTISEMENT

# # #


कार्यक्रमका सभापति एफआईईयुएन अध्यक्ष पदमराज रेग्मी रहेका थिए भने प्रमुख अतिथिका रूपमा पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाश शरण महत सहभागी थिए।

त्यस्तै, विशिष्ठ अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य श्री संजय गौतम, विशेष अतिथिका रूपमा एनटीयुसी अध्यक्ष योगेन्द्र कुमार कुँवर, एसएआरटियुसी महासचिव लक्ष्मण बहादुर बस्नेत तथा युनी एप्रोका प्रोगाम एण्ड अर्गनाईजिङ को–अर्डिनेटर तिलकजंग खड्का सहभागी थिए।

शुभकामना मन्तव्यका क्रममा सभापति रेग्मीले संघको तीन दशकभन्दा लामो संघर्षमय यात्रालाई स्मरण गर्दै श्रमिकको हक–अधिकार संरक्षण तथा वित्तीय क्षेत्रको सुदृढीकरणमा एफआईईयुएनको भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख अतिथि डा। महतले वित्तीय क्षेत्रको विकासमा श्रमिकहरूको योगदान उल्लेखनीय रहेको बताउँदै श्रममैत्री नीति निर्माणमा आफू सधैँ साथ रहने बताए।

अन्य वक्ताहरूले पनि संघको निरन्तर क्रियाशीलतालाई प्रशंसा गर्दै सामाजिक न्याय, मर्यादित रोजगारी, पारदर्शिता र आर्थिक समृद्धिको मार्गमा श्रमिकहरूको सहभागिता अपरिहार्य रहेकोमा जोड दिए।

कार्यक्रमले श्रम आन्दोलन, सामाजिक सुरक्षा, वित्तीय क्षेत्रको पारदर्शिता, र श्रमिक सहभागिता सुनिश्चित गर्न निरन्तर पहल गर्दै आएको ँक्ष्भ्ग्ल् को सन्देश पुनः प्रष्ट पारेको छ।

“श्रमको सम्मान, अधिकारको सुनिश्चितता र समावेशी आर्थिक विकास नै हाम्रो साझा यात्रा हो,” भन्ने नारासहित सम्पन्न स्थापना दिवस कार्यक्रममा सैकडौं श्रमिकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।