काठमाडौँ– सिजन मिडियाद्वारा आयोजित अन्तर स्कूलस्तरीय सौन्दर्य प्रतियोगिता ‘जुनियर स्कूल प्रिन्सेस २०२५’ को दसौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ।


ADVERTISEMENT


२०८२ साल वैशाख ८ गते राष्ट्रिय नाचघर, जमलमा सम्पन्न फिनालेमा कक्षा १ देखि ७ सम्म अध्ययनरत बालबालिकाबीच सौन्दर्य, प्रतिभा र आत्मविश्वासको आकलन गर्दै प्रतियोगिता गरिएको थियो।


ADVERTISEMENT

# # #


प्रतियोगिताको जुनियर समूहबाट स्वोस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुल, सानोभर्याङकी कक्षा ४ मा अध्ययनरत छात्रा प्राशिया पंगेनी विजेता घोषित भइन्। उनी मोस्ट पपुलर अवार्ड समेत जित्न सफल भइन्, जसमा उनले १४,६२० अनलाइन भोट प्राप्त गरेकी थिइन्।

जुनियर समूहमा फस्ट रनरअप आस्मी शर्मा, सेकेन्ड रनरअप अमिया गुरुङ, थर्ड रनरअप आयुश्री डंगोल र पोर्थ रनरअप संस्कृति राई घोषित भए।

सिनियर समूहतर्फ भने सिवान्सी गिरि विजेता बनिन् भने फस्ट रनरअप प्रणविश्री सिंह, सेकेन्ड रनरअप परि गुरागाईं, थर्ड रनरअप आर्या गुरुङ र पोर्थ रनरअप प्रकृति दानी घोषित भए।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर उपस्थित थिइन्। कार्यक्रममा देशभरका विभिन्न प्रतिष्ठित विद्यालयका प्रिन्सिपल तथा कोअर्डिनेटरहरूलाई पनि सम्मान गरिएको थियो।

प्रतियोगितामा मिस एसईई प्रिन्सेस तथा मिसेज ब्यूटी क्वीन समेत सहभागी थिए। विजेताहरू विभिन्न विधामा प्राप्त अङ्क तथा फिनालेका निर्णायकहरूको मुल्यांकनको आधारमा घोषणा गरिएको थियो। कार्यक्रम बागमती टेलिभिजन एचडी मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो।