काठमाडौँ– राजसंस्थाको पुनःस्थापनाको माग गर्दै जारी ‘संयुक्त जनआन्दोलन’का प्रदर्शनकारीहरूले काठमाडौंको विजुलीबजार–बबरमहल क्षेत्रको मुख्य सडक अवरुद्ध गरेपछि सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।


ADVERTISEMENT


आज पनि माइतीघर मण्डलाबाट निस्किएको प्रदर्शनले नयाँ बानेश्वरतर्फ जाँदै गर्दा बबरमहल–विजुलीबजार खण्डमा सडक पूरै कब्जा गरेका कारण यातायात पूर्ण रूपमा प्रभावित भएको हो।


ADVERTISEMENT

# # #


सवारी आवागमन अवरुद्ध भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक अपिल गर्दै आन्दोलनमा सहभागीहरूलाई यातायात नअवरुद्ध गर्न आग्रह गरेका छन्।

यो आन्दोलन संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा भइरहेको हो, जसमा राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्थाका समर्थक शक्तिहरू सक्रिय छन्। आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा लगायत अन्य नेताहरूको सहभागिता देखिएको छ।

सडक अवरोधका कारण सर्वसाधारणले यात्रा गर्ने क्रममा ठूलो कठिनाइ भोग्नु परेको छ। प्रहरीले अवस्था नियन्त्रित राख्न सडकका विभिन्न भागमा निगरानी बढाएको छ।