काठमाडौँ– वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ।
अर्बुद रोगबाट पीडित उनको आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । आजै उनको गोकर्णेश्वर घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनी प्रेस चौतारी नेपालका संस्थापक थिए ।अध्यक्ष चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० पुस्तक प्रकाशित छन् ।
स्वर्गीय चालिसका दुई छोरा र एक छोरी छन् ।