काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले भिजिट भिसा प्रकरण मानवतस्करीसंग जोडिएको बिषय भएकाले छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रसस्त गरेर छानविनलाई व्यवस्थीत बनाउनुपर्ने उनले बताए । पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्ने प्रतिवद्धता मात्रै आएपनि सदनको गतिरोध अन्त्य हुने जिकिर गरे ।

उनले पतञ्जली जग्गा हिनामिना प्रकरणका बिषयमा पार्टीभित्र छलफल गरेर धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।