काठमाडौँ – नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्याली सहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उदेश्यका साथ उनीहरुले विभिन्न स्थान हुदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेका हुन् ।


ADVERTISEMENT

# # #


२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा ९ वर्ष बितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंङ्गो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राइले बताए । उनले पछिल्लो तदर्थ समिति गठन भएको पनि ३ वर्ष हुँदा पनि महाधिवेशन गर्नेतर्फ उन्मुख नभएकाले अब म्याद थप गर्न नहुने धारणा राखे ।

उनीहरुले कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितको माग गरेका छन् ।