काठमाडौँ – आन्दोलनरत सुनचाँदी व्यवसायीहरुले सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट नहटाए असार २ गते देखि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार विराटनगरमा नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले पत्रकार सम्मेलन आयोजना गरी सरकारको गलत कर नीतिले नेपाली उपभोक्ताहरु सिमावर्ती भारतिय बजारमा जाने सम्भावना बढेकाले आर्थिक वर्ष ०८२/८३ को बजेटमा लगाइएको कर सच्याउन माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले अहिले सरकारले लिईरहेको सुन आयातमा १० प्रतिशत भंसार र १० लाख रुपैया भन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन् । सरकारले विलासिता कर लगाएर नेपाली उपभोक्ताहरु माथि अनावश्यक कर थोपरेको मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास बेगबानीले बताए ।

सुनचाँदी व्यवसायीहरुले सरकारले सुन खरिदमा लगाएको कोटा प्रणालीका कारण पनि सुनचादी महंगिएको र सुन तस्करी बढेको समेत बताएका छन् । सुनचाँदी व्यवसायीहरुले अहिले आफुहरुले पसल बन्द गरेर विरोध प्रदर्शन मात्र गरिरहेको र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।