काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमाथि अनुसन्धान गर्ने विषयमा सहमति जुटेको बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिमा हस्ताक्षर हुन लागेको बताएका हुन् ।
सहमतिमा हस्ताक्षर भएसँगै लामो समय देखि अवरुद्ध प्रतिनिधिसभा सुचारु हुने उनले बताए । उनले भने, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ, हस्ताक्षर हुन्छ, हाउस खुल्छ ।’ यद्दपि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने सहमतिमा हस्ताक्षर गर्न मानेको छैन ।
उनले मूल कुरामा समस्या नभएपछि केही विषयमा रास्वपाले अडान नछोड्दा सहमतिमा आउन नसकेको बताए । उनले भने, ‘सायद केही समय उहाँहरु आफ्नो ढंगले जानुहुन्छ, तर, बीचमा हामीबीच आरोप प्रत्यारोप हुँदैन ।’