काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले जुन १६ देखि स्कटल्याण्डमा सुरु हुने त्रिकोणात्मक टी–२० अन्तार्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।


ADVERTISEMENT


क्यानले शुक्रबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक नेपाली टोलीमा स्थान बनाएका छन् । यस्तै आरिफ शेख, भीम सार्की, लोकश बम टी–२० फर्म्याटमा फर्किएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सोमपाल कामी र गुल्शन झा भने नेपाली टोलीबाट बाहिरएका छन् । यसअघि लिग–२ को स्कटल्याण्ड सिरिजका क्रममा केही दिन अघि घाइते भएका उनीहरु चोटका कारण खेल्न नसक्ने भएका हुन् ।

त्रिकोणात्मक सिजिमा नेपालले घरेलू टोली स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्दैछ । जस अनुसार पहिलो खेल १६ जुन (असार २ गते) नेदरल्याण्ड्सविरुद्ध र दोस्रो खेल १७ जुन (असार ३ गते) स्कटल्याण्डसँग, तेस्रो खेल १९ जुन (असार ५ गते) र २० जुन (असार ६ गते) अन्तिम खेल स्कटल्याण्डसँग खेल्नेछ ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरण ठगुन्ना, लोकश बम, रुपेश सिंह आरिफ शेख ।