ललितपुर — महालक्ष्मी नगरपालिका को प्रायोजन तथा चाङ्गाथली (आई.टी.एफ) तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न भएको “प्रथम महालक्ष्मी नगर (आई.टी.एफ) तेक्वान्दो कप” दुईदिने प्रतिस्पर्धासहित सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा ३४० भन्दा बढी खेलाडी, कोच र अफिसियलहरूको सहभागिता रहेको थियो।


ADVERTISEMENT


प्रतियोगिताको उद्घाटन समारोह महालक्ष्मी नगरपालिकाका नगरप्रमुख श्रद्धेय हरि गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता संयोजक राजेश बस्नेतले गरेका थिए ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सहित प्रदीप पौडेल, शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल, वडा नं. ७ का अध्यक्ष बाबुराजा महर्जन, राप्रपाका विदेश विभाग प्रमुख आनन्द अधिकारी, नेकपा एमाले नगर कमिटी अध्यक्ष तथा पूर्व वडाध्यक्ष नकुल थापा, नेपाल (आई.टी.एफ) तेक्वान्दो महासंघका उपाध्यक्ष उमेश राजथला, कार्यबाहक अध्यक्ष विकास के।सी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका सचिव कृष्ण गोपाल राजथला, स्पोर्ट्स एकेडेमी नेपालका केन्द्रीय सदस्य रबिन कुमार पोखरेल, तथा विभिन्न जिल्ला तेक्वान्दो संघ अध्यक्षहरू सहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

नगरप्रमुख श्रेष्ठज्यूले उद्घाटन मन्तव्यमा खेलकुदले युवामा अनुशासन, आत्मनिर्भरता र स्वास्थ्य चेतना विकास गर्ने भन्दै यस्ता प्रतियोगिताहरूले नगरको प्रतिष्ठा बढाउने बताए। उनले आगामी दिनमा पनि महालक्ष्मी नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै निरन्तर समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

दोस्रो दिन, असार ७ गते बिहान ८ बजे प्रतियोगिताको विशेष कार्यक्रम पूर्व उद्योगमन्त्री महेश बस्नेतज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूमा वरिष्ठ नशा तथा हार्ड जोर्नी विशेषज्ञ डा. सुधांशु झा, नेपाल हक्की संघका केन्द्रीय सदस्य पवन के।सी, नेपाली कांग्रेस २ नं। क्षेत्रीय अध्यक्ष महेश खड्का, एमाले खेलकुद विभाग प्रमुख सुजिन महर्जन, पूर्व राष्ट्रिय खेलाडी नरहरि सुबेदी, मुवाथाई प्रशिक्षक गोपाल लामा, समाजसेवी बिपिन कार्की लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन मुना खनालले गरिन् भने स्वागत मन्तव्य चाङ्गाथली (आई.टी.एफ) का सल्लाहकार सुजित बस्नेतले राख्नुभयो। कार्यक्रममा प्रतिभाशाली बालबालिकाबाट सांस्कृतिक नृत्य र तेक्वान्दो डेमो प्रदर्शन गरिएको थियो। प्रमुख अतिथि बस्नेतले चाङ्गाथली एकेडेमीलाई आगामी दिनमा सक्दो सहयोग गर्ने र खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनको लागि शुभकामना दिए ।

समापन समारोह महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा संयोजक राजेश बस्नेतले अध्यक्षता गरे। विशिष्ट अतिथिमा नगर उद्योग वाणिज्य संघका अध्यक्ष नविन्द्र देव सिंह, नेपाल (आई.टी.एफ) तेक्वान्दोका उपाध्यक्ष तथा प्रशिक्षक राजमन्दिर श्रेष्ठ, बागमती प्रदेश तेक्वान्दो संघ अध्यक्ष किशोर बरुण, पूर्व राष्ट्रिय खेलाडी सचिन राउत, खेलप्रेमी समाजसेवी मनोज कार्की, खुकुरी मार्सल आर्ट अध्यक्ष राम विष्ट लगायतको उपस्थिति थियो।

समापन समारोहमा महिला उत्कृष्ट खेलाडी मनभी एरी, पुरुष उत्कृष्ट खेलाडी रबिन थापा मगर घोषित भए भने उत्कृष्ट रेफ्री बिष्णु भण्डारी बनिन्। टिम च्याम्पियनको उपाधि बालकुञ्ज (आई.टी.एफ) तेक्वान्दो स्कुल ले जित्यो। दोस्रो स्थान गुप्तेश्वर तेक्वान्दो स्पोर्ट्स सेन्टर ले प्राप्त गर्‍यो भने अनुशासित टिमको उपाधि वेष्ट इङ (आई.टी.एफ) तेक्वान्दो स्कुल ले हात पार्‍यो। विजेता खेलाडी, प्रशिक्षक र टिमहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो।

नगर उपप्रमुख महर्जनज्यूले विजेतालाई बधाई दिँदै सहभागी सबै खेलाडीलाई खेलकुदको माध्यमबाट अनुशासन र सफलता हासिल गर्न प्रेरणा प्रदान गरे । उनले महालक्ष्मी नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमको अन्त्यमा संयोजक राजेश बस्नेतले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व, संस्था, खेलाडी र दर्शकलाई धन्यवाद दिँदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दै कार्यक्रम समापन गरे ।