काठमाडौँ – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपाल लाओसविरुद्ध ९–० ले विजयी भएको छ ।
आइतबार भएको खेलमा नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गरेपछि नेपालले लाओसविरुद्ध गोलको वर्षा गरेको हो ।
खेलको १२औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि ४४औँ मिनेटमा साम्बाले नेपालका लागि दोस्रो गोल गरेकी थिइन् । यस्तै ४७औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाइन् ।
साबित्राले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ५६औँ मिनेटमा रश्मी कुमारी घिसिङले नेपालका लागि छैटौँ गोल गरिन् । त्यसपछि ह्याट्रिक गरेकी कूल ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले अर्को गोल गरिन् ।
नेपालले एक गोल भने उपहारस्वरुप पाएको थियो । आजको जितसँगै नेपालले ३ अंक जोडेको छ ।