काठमाडौँ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन बीचमै स्थगित गरिएको छ। अधिवेशनको क्रममा उत्पन्न विवाद र झडपपछि कार्यक्रम स्थगन गरिएको हो।


ADVERTISEMENT


अधिवेशनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन स्वयं उपस्थित थिए। तर, कार्यक्रमकै दौरान दुई पक्षबीच वादविवाद चर्किँदै जाँदा हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।


ADVERTISEMENT

# # #


स्थिति नियन्त्रणबाहिर जान थालेपछि अध्यक्ष लिङदेनले स्वयम्ले अधिवेशन तत्काल स्थगित गरिएको घोषणा गरे। साथै, उनले आज भएको घटनाको गम्भीर छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।