काठमाडौं–सन् २०१८ को शुरुवातपछि कुनै पनि क्लब वा राष्ट्रले क्रिस्टियानो रोनाल्डोलाई रोक्न सकिरहेका थिएनन् । तर, नेदरल्याण्ड भने स्टार खेलाडीलाई यो सिजनकै खराब प्रदर्शन गर्न बाध्य मात्र बनाएन, उनले नेतृत्व गरेको पोर्चुगललाई ३–० को हारको स्वाद पनि चखाएको छ ।


ADVERTISEMENT


स्टाडे डे जेनेभेमा भएको मैत्रीपूर्ण खेलमा मेम्फिस डिपे, रायन बाबल र भिर्जिल भान डिज्कले गोल गर्दै नेदरल्याण्डलाई सहज जित दिलाए । पछिल्ला ९ खेलमा लगातार गोल, जसमध्ये सातमा कम्तिमा दुई गोल, गरेका रोनाल्डोलाई रोक्न डच ब्याक लाइन भान डिज्क, म्याथिज डे लाइट र नाथन एकेले जिम्मेवारी पाएका थिए ।


ADVERTISEMENT

# # #


गत शुक्रबार इजिप्टले रोनाल्डोलाई रोकेको ठानेका थिए तर खेलको अन्तिम समयमा दुई गोल गर्दै रोनाल्डोले पोर्चुगललाई २–१ को जीत दिलाएका थिए ।

तर, सोमबार भने त्यो दोहोरिएन । उनले मात्र ६८ मिनेट मैदानमा बिताए । गत फेब्रुअरी ३ मा लेभान्तेबिरुद्धको खेलपछि रोनाल्डो पहिलो पटक गोल गर्न असमर्थ मात्र भएनन्, खेल अवधि भर एक पनि प्रहार गर्न सकेनन् ।

पछिल्ला १२ खेलमा २३ गोल गरेका रोनाल्डोलाई रोक्न नेदरल्याण्ड सफल हुनुका साथै पोर्चुगलमाथि विशाल जित पनि हासिल गर्न सफल भयो ।

खेलको ६१ औँ मिनेटमा क्यानसेलोले दोस्रो पहेँलो कार्ड खाएपछि पोर्चुगल १० खेलाडीमा सिमित बनेको थियो ।