काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन् । लमजुङ बेसीशहरमा सिभिल बैंकको ५९ औ शाखाको उद्घाटन गर्दै  गर्भनर नेपालले देशका अति दुर्गम स्थानसम्म बित्तीय पहुँच पु¥याउने बताए ।


ADVERTISEMENT


उनले भने, ‘अहिलेपनि नेपालको कूल ४०% जनता मात्र बैकिंग सेवाको दायरामा आएका  छन्  । स्थानीय तहमा बैंकको आवश्यकता महसुस गरेर नेपाल राष्ट्र बैंकले ७५३ स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागिे निर्देशन जारी गरिसकेको छ ।’


ADVERTISEMENT

# # #


सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा बित्तीय पहुँच पु¥याउने नितीलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले लमजुङ जिल्लाको ग्रामीण भेग भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याई लमजुङ जिल्लालाई सम्भवत नेपालकै पहिलो सबै स्थानियस्तरमा बित्तीय पहुँच पुगेको जिल्ला बनाउन सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, संविधान सभा सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्याल, राइनास नगरपालिका मेयर सिंहबहादूर थापा, नेपाल राष्ट्र बंैक, गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको उपस्थिति थियो ।

सिभिल बैंकको हालसम्म २ लाख भन्दा बढी ग्राहक रहेका छन् । बैंकले ३७ अर्व रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरी करीव ३६ अर्व  रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यस अघि लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याईसकेको छ । लमजुङ बेसीशहर शाखासहित यस बैंकको लमजुङ जिल्लामा ५ शाखा र कुल शाखा संख्या ५९ पुगेकोे  छ ।