काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरेका छन् ।


ADVERTISEMENT


जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले टेकेका छन् । ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ ।

‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा उनको केहीबेरमा शपथ हुँदैछ ।