काठमाडौँ– कर्मचारी तथा पत्रकारहरुलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले नेपाल एफएममा मागपत्रसहित कालो ब्यानर टाँसेको छ ।


ADVERTISEMENT


विश्वभर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नेतृत्वमा गएको टोलीले कालो ब्यानर टाँगेको हो । नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दवाव दिन आन्दोलनमा उत्रनुको विकल्प नरहेको महासचिव बिष्टले बताए ।


ADVERTISEMENT

# # #


महासचिव विष्टले भने, “श्रमजीवीको हकहितका लागि महासंघले कोही कसैसँग सम्झौता गर्दैन र परिआए सञ्चार संस्थामा तालाबन्दी गरिन्छ ।”

विगतमा सञ्चारसंस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बहानामा श्रमजीवीलाई अन्याय हुँदा बन्द गर्न पाइन्न भन्ने रहेको भएपनि अहिले सूचनाका पाउने अन्य धेरै माध्यमहरु भएकाले तत्काल माग पूरा गर्न व्यवस्थापन तयार नभए वा महासंघको आन्दोलनलाई फितलो ठानिए तालाबन्दीसम्म गर्न पछि नपर्ने उनले बताए ।

घोषित आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत आज कालो ब्यानर टाँगिएको हो । यही बैशाख २० गते बुधवार एक घण्टा धर्नासहित थप कार्यक्रम गर्ने उल्लेख छ । यसअघि महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले हिमालय टेलिभिजनमा कालो ब्यानर टाँगेको थियो । लगत्तै महासंघ र टेलिभिजनको व्यवस्थापन पक्षबीच वार्ताबाट समस्या समाधान गरिएको थियो ।