काठमाडौं–उपभोक्ताकर्मीले सिन्डिकेटविरुद्धको लडाइँमा निजी सवारीले साथ दिनुपर्ने बताएका छन् । उनीहरुले सडकमा अलपत्र परेका यात्रुलाई लिफ्ट दिएर पायक पर्ने ठाउँसम्म पुर्‍याइदिन अपील गरेका छन् ।


ADVERTISEMENT


यातायात उपभोक्तावादी रामबहादुर थापाले सार्वजनिक सवारी रोकिँदा यात्रु मारमा परेको बताउँछन् । निजी सवारी नरोकिएकाले आज देशभर निजी गाडीहरुलाई ‘लिफ्ट’ दिन अपील गरेका छन् ।


ADVERTISEMENT

# # #


सिन्डिकेटका पक्षमा रहेका यातायात व्यावसायीले देशभर आज सार्वजनिक सवारी ठप्प परेका छन् । यसले धेरै यात्रुलाई सास्ती भएको छ । गन्तब्यमा हिँडेका यात्रुले सवारी साधन पाइरहेका छैनन् । तर, निजी सवारी साधन सहज ढंगले चलिरहेका छन् ।

त्यसैले आज सार्वजनिक सवारी कुरिरहेका यात्रुलाई निजी सवारी चालकहरुले पनि सहयोग गर्न सक्ने अवस्था छ ।

यातायात व्यवस्था विभाग पनि भाडा नउठाइ निजी सवारीले सेवाका रुपमा लिफ्ट दिन कानुनले नरोक्ने बताउँछ । प्राइभेट सवारीले मानवीयताका आधारमा सेवा दिए त्यसले नागरिकको सास्ती कम हुने विश्वास विभागको पनि छ । तर, सार्वजनिक रुपमा विभागले यस्तो अपील भने गरेको छैन ।

उपभोक्ताकर्मीले भने यो पटक सिन्डिकेटविरुद्धको लडाइँ वारपार हुनुपर्ने भन्दै सिन्डिकेटको पक्षमा रहेका व्यवसायीलाई घुँडा टेकाउन निजी सवारी धनीले भूमिका खेल्न सक्ने बताएका छन् ।