काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने स्पष्ट नीति निर्माण आवश्यक रहेको बताएको छ ।


ADVERTISEMENT


७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका भन्सार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले आन्तरिक उत्पादनले आयातलाई क्रमश प्रतिस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने स्पष्ट नीति निर्माण आवश्यक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने भएकाले यसतर्फ सरकारले ध्यान दिएको उनले बताए । मन्त्री खनालले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले आर्थिक क्षेत्रको सुधारका कामहरु सुरु भइरहेको भन्दै त्यसमा देखिएका गुनासाहरुलाई सरकारले सुन्ने र समाधानको प्रयास गर्ने धारणा राखे । भन्सार सुधार रणनीतिमा धेरै योजनाहरु आउने भएकाले बजेट अगावै रणनीति बनाउन बिभागलाई सुझाव दिए ।

अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर उत्पत्तिको प्रमाणपत्र राष्ट्रिय एकद्वार प्रणालीमार्फत मात्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । कार्यक्रममा उत्कृष्ट भन्सार कर्मचारी लगाएतलाई सम्मान गरिएको थियो ।