काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीमा दरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार सम्पत्ति विवरण बुझाएका प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीमध्ये महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी देखिएको छ ।


ADVERTISEMENT


उनको धेरैजसो सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख गरेका छन्। नबिल, माछापुच्छ्रे, इन्भेस्टमेन्ट, एनआईसी एसिया र एभरेष्ट बैंकमा खाता भएको उल्लेख गरे पनि नगद कति छ भन्ने उल्लेख गरेका छैनन्।


ADVERTISEMENT

# # #


श्रीमती जुलीकुमारी महतोको नाममा धनुषा जनकपुर उपमहानगरपालिका ९ मा करिब ४२ सय वर्गफिटमा साढे दुई तले घर, उनकै नाममा ललितपुर उपमहानगरपालिका–२५ मा ५८ सय वर्गफिटमा बनेको साढे दुई तले घर रहेको उल्लेख छ। ललितपुरको जग्गा २०५६ मा जग्गा खरीद गरेर घर बनाएको उल्लेख छ। सगोलमा धनुषा मिथिला विहारी नगरपालिका ३ मा ६५ सय वर्गफिट पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन्।

यस्तै, श्रीमती महतोकै नाममा धनुषा छिरेश्वर नगरपालिकामा ८ विगाहा जमिन रहेको उल्लेख छ। उनकै नाममा सिन्धुलीको कमलामाई, ललितपुरको नख्खु र धोबिघाटमा जमिन रहेको उल्लेख छ। रघुबीरको नाममा धनुषामा ५ कठ्ठा र मिथिला विहारी नगरपालिकामा १ विगाहा १० कठ्ठा जमिन रहेको उल्लेख छ। नगद ७२ लाखसहित सुन २७ तोला, दाईजोबाट पाएको सुन २५ तोला दाईजो, चाँदी डेढ केजी, जवाहरात, औंठी, सिक्रिलगायतका गरगहना भएको उल्लेख छ। जवाहारत विदेशी पाहुनाबाट प्राप्त भएको महासेठले उल्लेख गरेका छन्।

महतोका नाममा माछापुच्छ्रे, एनआईसी एसिया, स्टान्डर्ड चार्टड बैंकमा खाता भए पनि रकम खुलाइएको छैन। जुलिकै नाममा गुडविल फाईनाईन्स, काठमाडौंमा ७० हजारको सेयर, एनभिपिएल प्रालिमा ३७ करोड, कर्पोरेट बैंक वीरगञ्ज २ करोड ५० लाख, लक्ष्मी बैंक, काठमाडौं एक करोड ५० लाख, महिला अधिकार तथा विकास केन्द्र ५० लाख सेयर भएको उल्लेख छ।

महासेठले नबिल बैंक, दरबारमार्गबाट दुई करोड रुपैयाँ ऋण लिएको उल्लेख छ। यस्तै, करिब ३ करोड रुपैयाँ ऋण सापटी स्वरुप पटक पटक गरी लिएको पनि उल्लेख छ। जुलि महतोको नाममा २१ करोड रुपैयाँ ऋण लिएवापत जग्गा, घर, घडेरी घितो राखिएकोसमेत उल्लेख छ।

हेर्नुस् मन्त्री महासेठको सम्पत्तिको पूरा विवरण :