काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले दोस्रो जित हात पारेको छ । मनाङका काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका हुन् ।
उनले २ हजार ४१५ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार यशोदा सुवेदीले ४५४ मत ल्याइन् ।
यस्तै रामबहादुर घलेले ९ मत ल्याए । यहाँ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार थिएनन् ।



























































