काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०९ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार १०९ स्थानमा अगाडि रहेको छन् । नेपाली कांग्रेसका उम्मेदवार ११ उम्मेदवार अगाडि छन् भने २ जनाले जित हात पारिसकेका छन् ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार ६ स्थानमा अगाडि छन् । उक्त पार्टीका संयोजक प्रचण्ड भने विजयी भइसकेका छन् । नेकपा एमाले १० स्थानमा अगाडि रहेको छ ।
त्यसैगरी श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक/एक स्थानमा अगाडि छन् ।























































