काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकका लागि विभिन्न छुटैछुटको योजना ल्याएको छ ।


ADVERTISEMENT


“सिटिजन्स डिजिटल महोत्सव – १९औँ वार्षिकोत्सव अभियान, २०८३’ नाराका २०८३ बैशाख १ गतेदेखि बैशाख ३१ गते सम्म भव्य रुपमा मनाउने गरी छुट योजना ल्याएको हो ।


ADVERTISEMENT

# # #


२०८३ बैशाख महिना भर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ । सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय डेबिट कार्डलाई पीओएस वा इ–कमर्स ट्रान्ज्याक्सन मार्फत सक्रिय गराएमा कारोवार रकमको १९ प्रतिशतसम्म वा अधिकतम १९० रुपैयाँ क्यासब्याक पाइनेछ ।

यस्तै मोवाईल बैंकिङ्ख अथवा डिजी बैँकमार्फत इ–कम काड अनुरोध गरेमा जारी शुल्कमा ५०% छुट, निष्कृय व्यवसायिक क्यूआर भएका ग्राहकहरुले आफनो क्यूआर सक्रिय गराएमा कारोवार रकमको १९% वा अधिकतम् रु.१९०  क्यास व्याक पाउनेछन् ।

यस्तै होटल तथा रेष्टुरेन्टहरुमा पीओएस मेसिन जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिङ्ख अथवा डिजी बैँक मार्फत लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५०% छुट, पारिवारिक सदस्यहरुको नंया खाता रिफर गरेमा प्रति खाता रु.१०० क्यास व्याक पाइनेछ ।

यस्तै बैँकदे मोवाईल बैंकिङ्ख मार्फत इन्टरनेसनल रेमिटेन्सको रकम भुक्तानी लिएमा रु.२०० क्यास व्याको सुविधा समेत प्रदान गर्ने भएको छ ।

यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रबद्र्धन गर्ने उद्देश्यले ल्याएको बैँकले जनाएको छ । यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५०% छुट अफर समेत घोषणा गरेको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।