काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।


ADVERTISEMENT


गोइतका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको उनले जानकारी दिए । अवदेखि पेट्रोल लिटरको ११४ र डिजेल÷मट्टितेल १०१ रुपैयाँ पर्ने छ । निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।


ADVERTISEMENT

# # #


मूल्य बढाउँदा पनि प्राय सबै इन्धनको व्यापारमा निगमलाई घाटा हुने बताइएको छ। गोइतका अनुसार पेट्रोल लिटरमा २.९२¸ डिजेलमा२.७२ र एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९.७९ रुपैयाँ घाटा रहेको र आगमी १५ दिनमा ३१ करोड ६७ लाख घाटा हुने निगमको प्रक्षेपन छ । भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीअनुसार निगमले १५/१५ दिनमा मूल्य समायोजन गर्छ ।

अमेरीकी डलरको तुलनामा नेपाली/भारतीय मुद्राको अवमुल्यन भएको र सोहीअनुसार इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले जानकारी दिए ।