काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि ज्ञानेन्द्र मल्लको काठमाडौँ रोयल्सले पारस खड्काको चितवन राइनोजलाई ९५ रनको सामान्य चुनौति दिएको छ ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको काठमाडौँ रोयल्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्रै बनायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा २ चौका प्रहार गरे । यस्तै यस्तै जय किशन कोल्सावालले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


काठमाडौँको इनिङ ध्वस्त पाने क्रममा सन्नी पटेलले ३ विकेट लिए । चार ओभरमा उनले जम्मा ९ रनमात्र खर्चिए । अमित श्रेष्ठ, गौरव तोमार र पवन सर्राफलाई दोहोरो अंक छुनत नदिई पवेलियनको बाटो देखाए ।
यस्तै करण केसी र स्मित पटेलले समान २/२ विकेट लिँदा कप्तान पारसले एक विकेट हात पारे ।

आज्को विजेता टोली प्रतियोगिताका फाइनल प्रवेश गर्नेछ । फाइनलमा शरद भेषवाकरको पोखरा पल्टन यस अघि नै फाइनल गइसकेको छ ।