कञ्चनपुर । मानसिक अवस्था बिग्रिदै गएका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई धनगढी ल्याइएको छ । उपचारका लागि काठमाडौँ लैजाने प्रयास असफल भएपछि उहाँलाई सेती अञ्चल अस्पताल लगिएको हो ।


ADVERTISEMENT


यज्ञराजलाई बुद्ध एयरमार्फत काठमाडौँ लैजाने तयारी भए पनि उहाँमा देखिएको असामान्य गतिविधिका कारण विमानका कर्मचारीले लैजान नमानेपछि समस्या भएको थियो ।


ADVERTISEMENT

# # #


यज्ञराजको गतिविधिका कारण विमानस्थल कार्यालयले उनलाई विमानमा लैजान अस्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले बताए । उनलाई विमानबाट काठमाडौं लैजान सम्भव नदेखिएपछि निजी गाडीबाट लैजाने तयारी भइरहेको बताए पनि पन्तलाई सेती अञ्चल अस्पतालमा राखिएको छ ।

धनगढी विमानस्थल लगिएका पन्त एक्कासी रुने, हाँस्ने, बर्वराउने, गालीगलौज गर्ने, ढुङगामुडा गर्नेजस्ता गतिविधि गर्न थालेपछि विमानमा काठमाडौं लैजाने प्रयास असफल भएको हो ।

छोरीको न्यायका लागि १५ दिनदेखि जिल्ला प्रशासन अगाडि धर्नामा बस्दै आएको उनमा एकसातादेखि स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था पनि बिग्रिदै गएको छ ।