काठमाडौँ– डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाउन कञ्चनपुर पुगेका छन् ।


ADVERTISEMENT


निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म)को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनसन स्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा. केसीको चेतावनी छ ।
निर्मलाको न्याय माग गर्दै कञ्चनपुरमा निर्मलाका बुवा आमाले अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । तर, बीचैमा निर्मलाका बुवामा मानसिक अस्वस्थता देखिएपछि उनीहरु उपचारका लागि काठमाडौँको शिक्षण अस्पतालमा रहेका छन् । कञ्चनपुरमा धर्ना जारी रहेको छ ।


ADVERTISEMENT

# # #


गत साउन १० गते १३ वर्षी बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो ।