काठमाडौँ – पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनापछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।


ADVERTISEMENT


बिहीबार राष्ट्रिय शोक मनाउने र मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको उनले जानकारी दिए । सरकारले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नियोगहरुमा बिदा दिने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार :

– हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

– मन्त्री अधिकारी निवासमा आफन्तजन शोकाकूल, बुवाआमालाई काठमाडौँ ल्याइयो

– मन्त्री अधिकारीको निधनले नेकपा स्तब्ध : ‘एउटा भरोसायोग्य नेता गुमायौँ’

– चारवटा शव सुकेटार ल्याइयो, मौसमका कारण शव सङ्कलन प्रभावित

– निभ्यो कस्केलीको आशाको दियो !

– दुर्घटनाबारे छाबिन गर्न ४ सदस्यीय आयोग गठन

बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ ।

हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।