काठमाडौं– प्रदेश ३ ले मनमोहन स्मृति अन्तरप्रदेश यू– १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई आठ विकेटले हरायो ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २७।५ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक थापाले सर्वाधिक २२ रन बनाए । अनित बरालले १७ र अर्जुन कुमालले १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । गण्डकीलाई सस्तैमा समेट्न प्रदेश ३ का अजय देव एक्लैले ६ विकेट लिए । सक्रिय प्रताप कार्की, दिपक बोहोरा र कृष कार्कीले एक एक विकेट लिएका थिए ।


ADVERTISEMENT

# # #


एक सय रनको विजय लक्ष्य पछ्याएको प्रदेश ३ ले १६।५ ओभरमा दुई विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो । प्रदेश ३ का लागि आईश भट्टराईले अर्धशतकीय रन बनाए । उनले अविजित ५९ रन बनाएका थिए । अभिषेक उपाध्यायले अविति ३५ रन बनाए । बलिङमा गण्डकीका विश्व कार्कीले एक उवकेट लिएका थिए । ६ विकेट लिएका प्रदेश ३ का अजय देव म्यान अफ दी म्याच भए ।

बैशाख २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । प्रतियोगितामा सात वटै प्रदेशको सहभागिता रहेको छ । लिगकम नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा समूहका दुई शीर्ष टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

३० ओभरको खेलमा प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० हजार रुपैयाँ र सोही रकम बराबर खेल सामग्री र उपविजेताले एक लाख २५ हजार रुपैयाँ र सोही रकम बराबरको खेल सामग्री प्राप्त गर्नेछन् । उत्कृष्ट विधाका खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।