काठमाडौँ – प्रभुु बैँकले कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित गोवर ग्याँस चोकमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक समारोहका विच बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरका उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि जोशीले काउन्टर सञ्चालनसंगै श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको बताए ।

कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको उनको भनाई थियो ।

आइतबारदेखि सञ्चालनमा आएको उक्त काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुने र सेवाग्राहीलाई समेत सुविधा हुने बैँकको विश्वास छ ।