काठमाडौँ – सरकारले अब मेलम्ची खानेपानी आयोजना अर्को वर्ष सम्पन्न गर्ने भएको छ । त्यसका लागि ७ अर्ब ३९ करोड रकम विनियोजन गरिएको छ ।
बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।
यस्तै सरकारले आगामी वर्ष ९२ प्रतिशत जनतालाई आधारभूत खानेपानीको पहुँच पुर्याउने, प्राथिमक अस्पतालमा टेलिमेडिसिन पद्धतिबाट आधारभूत सेवा दिइने, ३ वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र सञ्चालनमा ल्याइने सरकारको योजना रहेको छ ।
बजेटसम्बन्धी थप समाचार :