काठमाडौँ – सरकारले सामाकिज सुरक्षा भत्ता बढाएको छ । वृद्ध भत्ता, एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता बढाइएको हो । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


ज्येष्ठ नागरिकको मासिक भत्ता २ हजारबाट बढाएर ३ हजार पुर्‍याइएको छ । यसबाट १३ लाख ज्येष्ठ नागरिकलाई लाभ हुनेछ । यस्तै एकल महिला भत्ता पनि मासिक एक हजार वृद्धि भएको छ ।


ADVERTISEMENT

# # #


प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने सरकारको योजना रहेको छ । सामाजिक सुरक्षाका लागि ६८ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

बजेटसम्बन्धी थप समाचार : 

– आगामी आर्थिक वर्षका लागि सरकारको बजेट प्रस्तुत हुँदै (LIVE)

– आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि, एक वर्षमा विद्युत् उत्पादन दोब्बर हुने

– प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब अनुदान

– विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन

– मेलम्ची खानेपानीमा ७ अर्ब ३९ करोड रकम विनियोजन