काठमाडौँ – चाबहिलस्थित ओम अस्पतालमा बिरामीका आफन्त र प्रहरीबीच झडप भएको छ । पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त र प्रहरीबीच झडप भएको हो  ।


ADVERTISEMENT


शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै झगडा गर्न थालेपछि अस्पताल परिसर तनावग्रस्त भएको हो ।


ADVERTISEMENT

# # #


अस्पताल परिसर तनावग्रस्त भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा बिरामीका केही आफन्त घाइते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
ओम अस्पतालमा तनाब स् पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटेपछि बिरामीको मृत्यु !

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो । अप्रेसनमा चिकित्सकको चरम लापरबाहीको कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।