काठमाडौं – नेपाल र यूएईबीच श्रम सम्झौता भएको छ । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक विशेष कार्यक्रमकाबीच नेपालकातर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


कामदार छनोट र भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौतामा व्यवसायजन्य दुर्घटना वा रोग लागेमा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने तथा पाँच वर्षसम्म सेवा अपधिका लागि हरेक वर्षको सेवा वापत २१ दिनका दरले र त्यसभन्दा बढी अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्थासमेत सुनिश्चित गरिएको श्रम मन्त्रालयले जनाएको छ ।