Author: Himalaya Post

शेयर बजार : छ अङ्कले बढ्यो

काठमाडौँ – शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २०.३६, विकास बैंक ४.६५ र अन्य उपसमूह ०.७१ विन्दुले...

Read More

सांसदको जिज्ञासा : त्रिभुवन विमानस्थलको दुई अर्ब बक्यौता किन उठेन ?

काठमाडौँ – सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु दुई अर्बको बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता गर्न ध्यानाकर्षण गराएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतका अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको उठाउनुपर्ने बक्यौता र सङ्घसंस्थालाई भाडामा प्रयोग गर्न दिएको विषयमा सम्बन्धित पदाधिकारीलाई बोलाएर जानकारी लिएको हो । विभिन्न एयरलाइन्स तथा व्यापारिक प्रयोजनका लागि विभिन्न संस्थाले भाडामा लिएको स्थानसहित विमानस्थल कार्यालयलाई रु दुई अर्ब बुझाउनुपर्नेछ । विमानस्थलले उठाउनुपर्ने बक्यौता समयमा नउठाएको र समितिलाई सबै गोलमोटोल जवाफ दिने गरेको भन्दै ध्यानाकर्षण गराएका थिए । विमानस्थलले भाडामा लगाएका सटर तीन...

Read More

दर्ता नभए सामाजिक सञ्जाल बन्द हुन्छन् : मन्त्री बाँस्कोटा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन्।संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आज संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयमा सरोकारवालासँग अन्तक्र्रियामा उनले डिजिटल माध्यमलाई व्यवस्थित गर्न सो विधेयक ल्याएको स्पष्ट पारे। मन्त्री बाँस्कोटाले भने, “सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रश्न होइन, नेपाललाई डिजिटल हस्ताक्षरको विकास गर्ने र जीवनमा सहज ल्याउने हिसाबले ल्याएको हो।” उनले विद्युतीय र इन्टरनेटको साइबर बुलिङ, साइबर अपराधलाई निरुसाहित गर्ने, विद्युतीय माध्यममा प्रयोग गर्ने अश्लीलता रोक्न सो विधेयक ल्याइएको बताए। मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाललाई दर्ता...

Read More

राष्ट्रिय प्रसारणमा १२ सय मेगावाट विद्युत् थप हुँदै

रमेश लम्साल, काठमाडौँ – आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ । सरकारले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र कार्ययोजनासहितको श्वेतपत्रमा तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्यअनुसार चालू आवमा २८७ मेगावाट बराबरको विद्युत् उत्पादन हुनेछ । तर चालू आवको हालसम्म ३९...

Read More

पत्नी सीताको उपचारका लागि अमेरिका उडे प्रचण्ड

काठमाडौैँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आइतबार त्यसतर्फ लागेका हुन् । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्। अमेरिका प्रस्थान गर्नुअघि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए । उनले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेको बताए । यदि नसकिएमा सीतालाई...

Read More