काठमाडौंमा नेपाल हस्तकला एक्स्पो सुरु
काठमाडौं – नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो सुरु भएको छ । हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले नेपाल हस्तकला एक्स्पो आयोजना गरिएको महासंघले जनाएको छ । जेठ १० गतेसम्म बालुवाटारस्थीत आम्रपाली व्यङ्केटमा चल्न एक्स्पोमा मेक इन नेपाल, मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगाएत अन्य नेपाली निकासी संभाव्यता भएका बस्तुहरुको करिव ७० वटा स्टल रहेका छन् । एक्स्पोबाट स्थानीय हस्तकलाको बजार विस्तार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापीत हुने, मूर्त अमूर्त कला संस्कृति एवं पराम्परागत परिकारहरुको संरक्षणमा सहयोग पुने विश्वास रहेको महासंघले उल्लेख गरेको...
Read More

























