Author: Himalaya Post

टि–२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टिट्वान्टी खेलमा जित हासिल गरेको  छ । मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो । मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक...

Read More

मनसुनजन्य दुर्घटना न्यूनीकरणका लागि मौसम पूर्वानुमान पालना गर्न एआईजी कार्कीको आग्रह

काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना तथा जनधनको क्षति न्यूनीकरणका लागि मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष (स्टल) को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमान प्रविधि अत्यन्तै विश्वसनीय बन्दै गएको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दा ठुला दुर्घटना निम्तने गरेकोतर्फ ध्यानाकर्षण गराए । उनले नाफाभन्दा मानवीय सुरक्षालाई प्राथमिकता दिन यातायात व्यवसायी र चालकहरूलाई निर्देशन दिए । उनले जोखिमयुक्त क्षेत्रमा जबरजस्ती सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न...

Read More

तरलता व्यवस्थापनका लागि १ खर्ब रकम उठाउँदै नेपाल राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु एक खर्ब बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ । आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकम बोलकबोल हुनेछ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते हुनेछ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ...

Read More

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा रक्तदानदेखि स्वास्थ्य शिविरसम्म

काठमाडौं – महालक्ष्मी विकास बैंक ले ३२औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, रक्तदान तथा सांस्कृतिक प्रवर्द्धनलगायत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यही जेठ २ गतेदेखि ७ गतेसम्म वार्षिकोत्सव सप्ताह मनाउने क्रममा देशभर विविध सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा प्रभातफेरीसहित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा तथा विप्रेषण सेवाबारे जानकारी दिइएको बैंकले जनाएको छ । यसैगरी बैंकले जेठ ४ गते केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा जेठ ५ गते दन्त र आँखा शिविर सञ्चालन गरेको थियो ।...

Read More

आगामी जेठ १४ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं – सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन्...

Read More