Author: Himalaya Post

सहिद स्मारक निर्माण यथाशीघ्र सुरु गर्न सांसद खतिवडाको माग

काठमाडौं – सांसद रचना खतिवडाले संघीय संसद भवन अगाडि सहिदहरूको स्मारक निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारसँग आग्रह गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सहिदहरूको बलिदान र योगदानको सम्मान केवल शब्दमा सीमित नभई व्यवहारमा पनि देखिनुपर्ने बताइन् । उनले सहिदहरूको सम्झनामा निर्माण गरिने स्मारक ढिलाइ नगरी अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद खतिवडाले सहिद परिवारको सम्मान, घाइतेहरूको उपचार तथा योगदानको उचित कदर गर्नुपर्ने उल्लेख गर्दै राज्यले उनीहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा राखिन् । उनले सहिदहरूको इतिहास र योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन स्मारक निर्माण महत्वपूर्ण हुने बताइन्...

Read More

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

सुनसरी – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएको छ । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई आज सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरूप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरू सवल बनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले भने, “शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।” राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा...

Read More

नेपालमा बजेट (अर्थ )को मनोविज्ञान !

अर्थनीतिले लगानी, उत्पादन, नाफा र वितरणको न्याय मात्र दिँदैन। यसभित्र राजनीति ,शासक र शासनको इच्छा पनि पूर्ति हुन्छ, त्यसैले चाणक्यको अर्थशास्त्र अर्थनीति भन्दा बढी राजनीतिशास्त्र हो। चाणक्यले राजनीतिलाई अर्थशास्त्रको पूरकको रुपमा हेरेका छन्। यथार्थमा राजनीति नै अर्थशास्त्रको पृष्ठभूमि हो। किन्सले अर्थशास्त्रलाई व्यक्तिगत स्वतन्त्रताको मूल्यसँग व्याख्या गरे। यो व्याख्या आजको पुँजीको प्रयोगको उत्कर्षमा पनि अचुक छ। यसको अर्थ राजनीतिभित्र अर्थशास्त्रको व्यक्तिगत स्वतन्त्रता अटाएको मात्र छैन। यसले राजनीतिलाई भरणपूर्ण पनि गरेको छ । त्यसैले जुनसुकै देशको अर्थनीति त्यो देशको राजनीति मनोविज्ञानसँग गाँसिएको हुन्छ। अर्थशास्त्रको मूल सिद्धान्तभन्दा बाहिर रमाउँदै गएको हाम्रो अर्थनीति लगानी, उत्पादन र नाफाको अवसरभन्दा फरक हुँदैछ । भारतका पूर्व...

Read More

प्रधानमन्त्री बालेन शाहले संसद्‌मा दर्ता गराए दुई विधेयक

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् । नेपालको संविधानको धारा ८४ को उपधारा २० मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्दसूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था रहेको छ । मतदाता नामावली संशोधन विधेयक ल्याउनुको कारणमा प्रधानमन्त्री बालेनले यसअघि अध्यादेशमार्फत भएको संशोधनलाई देखाएका छन् । २१ फागुनको निर्वाचनका लागि छुट भएका मतदातालाई मतदाता नामावलीमा समावेश गराउन सरकारले अधयादेश ल्याएको थियो ।...

Read More

आयल निगमको नेतृत्वमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र शाहलाई

काठमाडौं- नेपाल आयल निगम मा नेतृत्व परिवर्तन भएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नागेन्द्र शाहलाई दिइएको हो। अर्को व्यवस्था नभएसम्मका लागि शाहले निगमको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्ने जनाइएको छ। निगममा लामो समयदेखि कार्यरत शाहलाई पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण तथा बजार व्यवस्थापनसम्बन्धी अनुभव रहेको बताइन्छ। नयाँ जिम्मेवारी पाएसँगै उनले इन्धन आपूर्ति प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उतारचढाव भइरहेका बेला निगममाथि आपूर्ति सहज बनाइराख्ने चुनौती छ। यस्तै, उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउने, भण्डारण क्षमता विस्तार गर्ने तथा सेवा प्रवाह सुधार गर्ने विषय पनि निगमका प्रमुख प्राथमिकतामा रहेका छन्।...

Read More