Author: Himalaya Post

खानेपानीमा लगाइएको सवै प्रकारको कर छुटको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं – खानेपानीमा लगाइएको सवै प्रकारको कर छुटको माग गर्दै उपभोक्ता अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । खानेपानीमा समेत कर लगाउदा उपभोक्ताहरु मर्कामा परेको भन्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले खानेपानीमा लगाइएको कर छुट गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरुले विधुत महशुल छुटको समेत माग गरेका छन् । फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले फेडवासनले खानेपानीमा सरकारले २५ प्रतिशत कर लगाउने प्रयास गरेको भन्दै तत्काल कर लगाउने निर्णय फिर्ता लिन माग गरे । खानेपानी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर आवश्यक बजेट बिनियोजन गर्नुपर्ने उनले बताए । प्रदर्शनमा सहभागीहरुले उपभोक्ताहरुको अधिकार...

Read More

सशस्त्रका डीआईजी अन्जनी कुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं – सशस्त्र प्रहरीमा रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चितवनस्थित बाहिनीपति डीआईजी अन्जनी कुमार पोखरेललाई बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा समितिका सदस्य सचिव नारायण दत्त पौडेलका अनुसार मंगलबार उनलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो । पोखरेल विशेषगरी गोताखोर तालिम सञ्चालन गर्ने दक्ष प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनले सशस्त्र प्रहरीभित्र गोताखोर तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। विपद् उद्धार, नदी तथा जलक्षेत्रमा हुने खोज तथा उद्धार कार्यमा उनले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ। इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित पोखरेल संगठनभित्र सुशासन स्थापित गर्ने अधिकृतका रूपमा...

Read More

सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण, वित्तीय अनुशासनमा जोड

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) हरूलाई लक्षित गर्दै एएमएल/सीएफटी (AML/CFT) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘ADM 360° Growth Summit 1.0’ अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए । प्रशिक्षणमा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्था, नियामकीय प्रावधान, शंकास्पद कारोबार पहिचान तथा वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा बीमा क्षेत्रलाई पारदर्शी, जिम्मेवार तथा नियामक निकायको मापदण्डअनुसार सञ्चालन गर्न एजेन्सी तहको भूमिका महत्वपूर्ण रहने विषयमा समेत जोड दिइएको थियो । साथै, ग्राहक पहिचान प्रक्रिया (KYC), जोखिम मूल्याङ्कन तथा...

Read More

संवेदनशील निकाय खाली हुँदा संस्थागत भ्याक्युम सिर्जना भयो : भीष्मराज आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनाएको बताएको छ । बुधबार प्रतिनिधि सभाको शुन्य समयमा आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताएका हुन् । उनले संक्रमणकालीन न्यायका आयोग लगाएत केही संवेदनशील संस्थामा समेत पुराना पदाधिकारीलाई बर्खास्त गरिएकाले छिटो सक्षम र निष्पक्ष व्यक्तिहरू ल्याएर सक्रिय पार्न जरुरी रहेको उल्लेख गरे । विस्तृत शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्व पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको उनको भनाइ छ । उनले टिआरसी ऐनको संशोधन गरेपनि धेरै कानुनी कमजोरीहरू बाँकी नै रहेकाले नयाँ नियुक्त गर्नुअघि...

Read More

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ – मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो । यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो । एक्याप संरक्षित वन तथा वनपैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी...

Read More