Author: Himalaya Post

उपत्यकामा बन्दको प्रभाव न्युन

काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको नेपाल बन्दमा काठमाडौँ उपत्यकामा खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्बाध सञ्चालन भएको, हालसम्म कुनै प्रदर्शन तथा घटना नभएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । मोर्चाले सप्तरीमा यही फागुन २३ गते भएको हिंसात्मक घटनाको विरोधमा बन्द आह्वान गरेको हो । भाडाका सवारीसाधन केही पातलो देखिएपनि निजी र अन्य सवारीसाधन यथावत् चलेका छन् भने कतिपय निजी विद्यालय खुलेका छैनन्...

Read More

अक्षयकोष स्थापना गर्न होली कार्यक्रम

कञ्चनपुर– कञ्चनपुरको झलारीस्थित श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसका विद्यार्थीले आपसी सद्भाव बढाउन र विद्यार्थी कल्याणकारी अक्षयकोष स्थापनाका लागि आजदेखि होली कार्यक्रमको आयोजना गरेका छन् । स्थानीयका घर घरमा गएर आपसी सद्भाव बढाउने खालका होली गीत गाउँदै रकम सङ्कलन गरेर आर्थिक रुपमा विपन्न विद्यार्थीलाई अक्षयकोषमार्फत छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने उद्देश्यले होली कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । “फागुन २९ गतेसम्म सञ्चालन हुने होली कार्यक्रमबाट सङ्कलन हुने रकममध्ये ८० प्रतिशत रकम विद्यार्थी कल्याणकारी कोषमा जम्मा गर्ने र २० प्रतिशत रकम होली कार्यक्रम व्यवस्थापनमा खर्च गर्ने योजना बनाएका छौ” कार्यक्रम संयोजक भाष्कर भट्टले भने– “होली कार्यक्रमबाट झन्डै दुई लाख रकम सङ्कलन हुने...

Read More

विपन्नलाई निःशुल्क उपचारका लागि सिफारिस

झापा– विभिन्न सात प्रकारका जटिल रोग लागेका चार सय २२ जना विपिन्न नागरिकलाई निःशुल्क उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस गरेको छ । चालु आर्थिक वर्षको असार १७ गतेदेखि फागुन २३ गतेसम्म एक सय ८४ पुरुष र दुई सय ३८ जना विपन्न महिलालाई विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क उपचारका लागि सिफारिस गरिएको हो । जसमा दुई सय १३ जना क्यान्सरका रोगी छन् भने ५८ जना मिर्गौला रोगी रहेका छन् । त्यस्तै, एक सय १४ मुटु, हेड इन्जुरी एक, स्पाइनल इन्जुरी दुई, अल्जाइमर्स एक, पार्किन्सर्सका तीनजना रोगी रहेको कार्यालयले जनाएको छ । उनीहरुलाई विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क उपचारका लागि सिफारिस दिइसकिएको...

Read More

लघुजलविद्युत् परियोजना निर्माण

म्याग्दी– म्याग्दीको मल्कवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ । बयालीस किलोवाट क्षमताको परियोजनाको बिहीबार नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले उद्घाटन गररेका हुन् ।परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरीमा विद्युत् सुविधा पुगेको छ ।उद्घाटन कार्यक्रममा परियोजनाका अध्यक्ष लालबहादुर छन्त्यालले रु दुई करोड १७ लाख ७९ हजार २६१ खर्च भएको आयव्यय विवरण सार्वजनिक गरे । रु एक करोड ५९ लाख २६ हजार २६१ नगद तथा ५८ हजार ५३ हजारबराबरको श्रमदानमा परियोजना निर्माण भएको अध्यक्ष छन्त्यालले बताए ।परियोजनामा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र÷राष्ट्रिय ग्रामीण नवीकरणीय...

Read More

जाजरकोट बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २६ जना पुग्यो

काठमाडौँ, २७ फागुन । जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा बिहीबार अपरान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको नेपाली सेनाले जनाएको छ । सो दुर्घटनामा २६ जना गम्भीर घाइते भएको र नौजना सामान्य घाइतेको उपचार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । दुर्घटना हुनासाथ नेपाली सेनाको हेलिकप्टर गएर उपचार कार्य गरेको थियो । सेनाको हेलिकप्टरमार्फत १८ घाइतेलाई उपचारका लागि नेपालगन्ज पु¥याइएको र उनीहरुको नेपालगन्ज नर्सिङ होमलगायत अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ...

Read More