Author: Himalaya Post

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

गौशाला– महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका– ३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । शिक्षक साहले यसैवर्ष एसईई दिइबसिरहेकी एक १६ वर्षीया छात्रालाई हिजो थप अध्ययन कक्षा तयारी गराउने नाउँमा गौशाला बजारस्थित आफ्नो डेरामा बोलाएर कोठाको झ्याल ढोका बन्द गरी अनैतिक क्रियाकलाप गरिरहेको एक विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । छात्रालाई शिक्षकले यौनशोषण गरेको खबर पाउनासाथ इलाका प्रहरी...

Read More

राज्य पुनःसंरचना अहिलेसम्मकै ठूलो उपलब्धि : उपप्रम थापा

नुवाकोट– उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राज्य पुनःसंरचना अनुरुपको स्थानीय तहको कार्यान्वयन अहिलेसम्मको सबैभन्दा ठूलो परिवर्तन भएको बताएका छन् । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज यहाँ निर्देशन दिँदै उनले सात दशकदेखि सञ्चालन हुँदै आएको स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरी राज्यबाट प्रवाह गर्ने अधिकांश अधिकारसहितको कार्य क्षेत्रको रुपमा कार्यान्वनयमा आएको राज्यको पुनःसरचना असामान्य र आमूलपरिवर्तन हो भने । उपप्रधानमन्त्री थापाले “हामीले नेपालको इतिहासको राज्य सञ्चालनमा विभिन्न स्वरुपको अभ्यास र अनुभव हासिल गरेका छौ” भन्दै “अहिले परिवर्तन भएको स्थानीय शासन व्यवस्था त्यो रुपमा मात्र होइन, सारमा पनि परिवर्तन भएको छ, यो सामान्य घटना र सामान्य परिवर्तन होइन, एक चमत्कारी घटना हो बताए।” अहिले स्थापना भएका स्थानीय तह स्थानीय सरकारको परिकल्पनास्वरुप संविधानले नै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहितको अधिकार सम्पन्न शासन व्यवस्था सञ्चालनको अधिकार किटान गरेकाले अब मुलुकमा विकासको मूल फुट्ने बताउँदै उनले “अहिले कायम भएका स्थानीय तह स्थानीय सरकारको अवधारणा अनुसार संविधानमा नै अधिकार र कार्यक्षेत्र उल्लेख गरी निर्माण भएका शक्तिशाली संरचना हो, यसलाई नामाङ्कन र सीमाङ्नको रुपमा मात्र होइन, नयाँ नेपाल निर्माणको परिकल्पनाको कोसेढुङ्गा हो भने ।” उपप्रधानमन्त्री थापाले राज्य पुनःसंरचना अनुसारको स्थानीय तह कार्यान्वयनको लागि हुन लागिरहेको स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै राजनीतिक र मानसिक दुबै रुपमा यसलाई आत्मसाथ गर्न कर्मचारीलाई निर्देशन दिए । प्रारम्भिक चरणमा केही अन्योल, अस्पष्टता र विरोधआभास पनि हुनसक्छन्, यसलाई ठूलो महत्व र अवसरको रुपमा लिएर त्यसलाई सस्थागत गर्न तर्फ लाग्न उनले आग्रह पनि गरे...

Read More

सरियाको विषाक्त ग्यास आक्रमणको सर्वत्र निन्दा, मर्नेको सङ्ख्या ७२ पुग्यो

बेरुत– सिरियाको इदलिबमा मङ्गलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । मृत्यु हुनेमध्ये २० जना बालबालिका र १७ जना महिला रहेको अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने सो संस्थाले जनाएको छ । सिरियाली विद्रोहीको प्रभावमा रहेको इदलिब क्षेत्रको खान सेइखुनमा हवाई जहाजबाट विषालु ग्यास प्राहार भएको हो ।मङ्गलबार बिहानै भएको रासायनिक आक्रमणको घटनामा सिरियाको सत्तापक्षको सेनाको हात रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले आशङ्का गरेको छ । घटनाको सर्वत्र विरोध भएको छ । देशभित्र कै प्रतिपक्षी दल र अन्य...

Read More

तराई मधेसका राजनीतिक दलहरु चुनावी चहल पहलमा जुट्दै

किरणकुमार कर्ण, धनुषा– संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई मधेसका सहरमा चुनावी गतिविधि नदेखिए पनि गाउँगाउँमा चुनावको तयारीमा मधेसी मोर्चा लगायतका दल जुट्दैछन् । जनकपुरमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी नेपाललगायत दल दिनहुँ कार्यकर्ता भेटघाट गर्नेदेखि पार्टी प्रवेश अभियानलाई तीव्र पारेका छन् भने अर्कोतर्फ जिल्ला निर्वाचन कार्यालयले चुनाव केन्द्रित कुनै किसिमको तयारी गर्ने माहौल नभएको बताउँदा यस क्षेत्रमा अधिकांश सम्भावित उम्मेदवार अन्योलमा छन् । देशका धेरैजसो जिल्लामा सम्भावित उम्मेदवारको खोजी र चर्चा भइरहेको बेला धनुषा जिल्लासहित मधेसका जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी...

Read More

सन् १९५० को सन्धी पुनरावलोकन गर्न प्रबुद्ध समूहको तेस्रो बैठक सुरु

काठमाडौँ– नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य दुई पक्षीय सन्धि सम्झौताको पुनरवलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका विज्ञहरु सम्मिलित प्रबुद्ध समूहको बैठक आज काठमाडौँमा सुरु भएको छ । । बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल हुने बताइएको छ । साथै बैठकमा पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने बैठकमा सहभागी एक प्रबुद्धले बताए । बैठकमा नेपालका संयोजक पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले नेतृत्व गरेका छन्...

Read More