Author: Himalaya Post

आरआरको स्ववियु निर्वाचन स्थगन गर्न माग

काठमाडौँ– रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आगामी मङ्गलबार हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन गर्न नौ विद्यार्थी सङ्गठनले माग गरेका छन् । सत्तारुढ दलका नौ विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गरी स्नातकोत्तर तह द्वितीय वर्षको परीक्षा भइरहेको र निर्वाचनमा सबै विद्यार्थी सङ्गठनको सहभागी हुने वातावरण नभएकाले हाल निर्वाचन स्थगन गरी नयाँ मिति तोक्न क्याम्पस प्रशासनसँग माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले ‘विद्यार्थी सङ्गठनहरुलाई बाहिर राखेर निर्वाचन गर्न थालिएकाले’ स्थगन गर्नुपर्ने बताए। यसअघि फागुन २३ गते स्ववियु निर्वाचन स्थगन भएको थियो । सर्वोच्च अदालतले काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा निर्वाचन गर्न यही चैत २ गते अन्तरिम...

Read More

सीमाङ्कनसहित संविधान संशोधन भएमात्र निर्वाचनमा जाने : अध्यक्ष ठाकुर

सप्तरी– तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताएका छन् । आज राजविराजमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने दृढता व्यक्त गरे। अध्यक्ष ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप लगाउँदै मोर्चाको माग पूरा नभए आन्दोलनको विकल्प छैन् भने । संविधान संशोधन कसरी हुन्छ, त्यो काम सरकारको हो, यसमा सबैले सहयोग र साथ दिनुपर्छ उनले भने । अध्यक्ष ठाकुरले नेकपा(एमाले)को मेची महाकाली अभियानअन्तर्गत गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्वारा...

Read More

चीनको ‘ओबोर’ आयोजनाबाट नेपाल लाभान्वित हुन चाहन्छ : मन्त्री डा. महत

काठमाडौँ– परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा हाल त्यहाँ रहेका परराष्ट्रमन्त्री डा महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आज आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् । उनले भने – “नेपाल एक भूपरिवेष्टित देश हो र चीनको यो बृहत् आयोजनाले नेपालजस्तो छिमेकीलाई चीन हुँदै अर्को संसारमा जोड्न र हाम्रो उत्पादनको निर्यातमा समेत सघाउने हुँदा यसबाट हामी लाभान्वित हुन चाहन्छौँ ।” परराष्ट्रमन्त्री डा महतले छिमेकी देश चीनले थालेको यो बृहत् सञ्जालका माध्यमबाट हामी पनि नेपाली उत्पादनलाई एसिया र...

Read More

सिंहदरबारलाई फोहर शून्य बनाइने

काठमाडौँ– सरकारले आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा सिंहदरबारको फोहर बाहिर नपठाइने कार्यक्रम ल्याउने भएको छ । देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारबाट निस्कने ढललगायत फोहर सिधै वाग्मतीमा गई प्रदूषण बढेकाले नमुनाका रुपमा सिंहदरबारलाई फोहरमुक्तस्थल बनाउन सोसम्बन्धी नीति तथा कार्यक्रम र बजेटमा ल्याउन लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिंहदरबारबाट निस्कने ढललगायत फोहर भित्रै प्रशोधन गर्ने गरी विसं २०७४ को अन्त्यसम्म प्रशोधन केन्द्र निर्माण गरिने मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । “सिंहदरबारबाट निस्कने ढललाई स्वास्थ्यका दृष्टिले खान सकिने पानीमा बदल्न ‘ओम्नी प्रोसेसर’ नामक यन्त्र ल्याउने तयारी सुरु भएको छ, सो यन्त्रका लागि रु २८ करोड पर्छ,...

Read More

नव नियुक्त भारतीय राजदूत पुरीले आज राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्ने

काठमाडौँ– नेपालका लागि नव नियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्ने भएका छन् । नेपालका लागि भारतीय पूर्व राजदूत रणजित रायको कार्यकाल सकिएपछि पुरीको नाम नेपालका लागि सिफारिस गरिएको थियो । रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएका थिए। भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नामा रास्ट्रपति मार्फत अनुमोदन गरिएको थियो । नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका पुरी सन् १९८२ मा भारतीय परराष्ट्र सेवामाप्रवेश...

Read More