Author: Himalaya Post

हलेसीमा रामनवमी मेला, दर्शनार्थीको घुइँचो

खोटाङ – धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको सङ्गमस्थल मानिने हलेसीमा यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए । उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी नदीमा पक्की पुल तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीमा अस्थायी बेलीब्रीज सञ्चालनमा रहेकाले हलेसी...

Read More

माओवादी केन्द्रले गर्यो बैतडीमा उम्मेदवार घोषणा

बैतडी– नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र)ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिए । यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ, उनले भने “चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ ।” नेपाली काँग्रेसले चारतारे लोकतान्त्रिक चौतारी अभियानअन्तर्गत जिल्लाका चारवटै नगरपालिका र छवटै गाउँपालिकामा उम्मेदवारका आकांक्षीको बारेमा सर्वेक्षण सुरु गरिएको नेपाली काँग्रेस बैतडी क्षेत्र नं २...

Read More

रत्नराज्य स्ववियु कार्यसमितिले पूर्णता पायो

काठमाडौँ– चैत १५ गते सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिले पूर्णता पाएको छ । समानुपातिक निर्वाचनबाट प्राप्त मतको आधारमा सङ्गठनले कार्यसमिति मनोनीत हुने प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । उनले निर्वाचनमा सहभागी अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र संयुक्त प्यानलले समानुपातिकमा पाएको मतको आधारमा पदाधिकारी र सदस्य पठाएको बताए । “अनेरास्ववियु क्रान्तिकारीबाहेक सबैले बन्दसूचीमा भएको नाम अनुसार समानुपातिकमा पाएको मतको आधारमा सदस्य पठाउनु भएको छ” उनले भने– “स्ववियुले पूर्णता पाएपछि आफ्ना गतिविधि सञ्चालन गर्न पाउँछ ।” प्रत्यक्षबाट ११ सदस्यीय र समानुपातिकबाट १० सदस्यीय चयन गर्ने व्यवस्था रहेको थियो । उनका...

Read More

वन विभाग भन्छ : गर्मी महिनामा धेरै आगालागी हुनसक्छ, सचेत हुनुहोस्

अच्युत रेग्मी– काठमाडौँ– कृपया जथाभावी आगो फुकेर नहिँडनुहोस्, यो गर्मी मौसममा सबैतिर सुक्काहुने र हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुन सक्छ । वन विभागले जनाएअनुसार मानिसको हेलचक्रयाइँले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको छ । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहोर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेका छन् । गत वर्षको तुलनामा यो यर्ष वनमा कम मात्रामा डडेलो लागेको छ । विभागका उपसचिव मोहनराज काफ्लेले यसवर्ष धेरै वर्षा भएका कारणले गत वर्षको तुलनामा वनमा कम मात्रामा आगालागी भएको बताए । उनले भन्नुभयो, “जनचेतना...

Read More

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

प्रकाश सिलवाल, काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै आन्तरिक व्यवस्थापन र परिचालनमा प्राथमिकता दिएको छ । संविधान संशोधनतिरभन्दा तिनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन हुँदै समृद्ध नेपाल बनाउनुपर्ने आवाज उठाउँदै आएको सो दलले केन्द्रीयस्तरमा उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ । यी दुवै समितिको बैठक र समन्वयका काम नियमित र दैनिक हुन थालेका छन् । यी समितिले पनि उपसमूह बनाएर फरकफरक कामको जिम्मेवारी दिइएको छ । निर्वाचनको घोषणा हुनुपूर्व नै तय गरेका आधारमा सो...

Read More