Author: Himalaya Post

‘सरकार र निजी क्षेत्र मिलेमात्र देशको विकास सम्भव’ : नवनिर्वाचित अध्यक्ष राणा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकार र निजी क्षेत्र मिलेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताएकी छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले मुलुकको सामाजिक र आर्थिक विकासका लागि महासङ्घले काम गर्ने बताएकी हुन् । उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्ने काममा महासङ्घ लाग्ने बताइन् । अध्यक्ष राणाले महासङ्घले विगतमा गरेका कामलाई निरन्तरता दिँदै महासङ्घअन्तर्गतका जिल्ला, नगरलाई प्रान्तीय रुपमा अगाडि बढाउने स्पष्ट पारिन् । उनले भनिन्, “सात प्रदेशमा स्मार्ट सिटी बनाउनका लागि सहरी विकास मन्त्रालयसँग मिलेर काम गर्नेछौँ ।” अध्यक्ष राणाले आर्थिक समृद्धिका लागि निर्वाचन आवश्यक रहेको समेत बताइन्।...

Read More

निर्वाचनको सम्पूर्ण तयारी पुरा : प्रमुख आयुक्त यादव

विराटनगर- प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उनले अब आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतको तालिम सम्पन्न भइसकेको उल्लेख गर्दै उनले निर्वाचनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको अग्रणी भूमिका रहेकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेसन गर्न आग्रह गरे । ‘निर्वाचनमा सेना परिचालन’ बारे आफूले नबोलेको प्रष्ट पार्दै उनले काठमाडौंँबाट प्रकासित एक दैनिक यस्ता बाङगोटिङ्गो ढङ्गले समाचार बनाएर प्रकासित गरेकामा दुःख व्यक्त गरे । ‘‘सेनाको बलमा कहीँ स्थानीय तहको निर्वाचन हुन्छ, कदापि...

Read More

सबै कम्युनिस्टलाई एकताबद्ध बनाउँछु : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र र वाम नेता टङ्क राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतामा ल्याउन आफ्नो सकारात्म्क पहल जारी रहेको बताएका हुन् । मानव मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि कम्युनिस्ट दर्शन विश्वमै सबैभन्दा वैज्ञानिक र पछिल्लो विकसित दर्शन भएको चर्चा गर्दै उनले सबै कम्युनिस्ट क्रान्तिकारी मिलेर क्रान्तिलाई पूर्णता दिनुपर्ने आवश्यकतामाथि जोड दिए । प्रधानमन्त्रीले संविधानको घोषणापछि मुलुकमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको र यो...

Read More

फर्केर हेर्दा २०७३ : ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि, स्वर्णकालको सुरुवात

रमेश लम्साल, काठमाडौँ– गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो । सरकारले वायुदेखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरकै थियो । तर उपभोक्ता दैनिक १२ घन्टाको विद्युत्भार कटौतीका कारण आहात थिए । सरकारको उक्त चर्चालाई धेरैले हावादारी भन्दै उडाएका थिए । दैनिक मैनबत्ती किन्नुपर्ने बाध्यता एकातिर थियो भने मोबाइल फोन चार्ज गर्नसमेत कति बेला बिजुली आउँछ भनेर कुर्नुपर्ने बाध्यता...

Read More

राप्रपाको निर्वाचन परिचालन कमिटीको संयोजकमा अध्यक्ष थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिगत गरी पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीका पदाधिकारी, पूर्वकार्य सम्पादन समितिका नेतालगायतको सहभागितामा गठन गरिएको उक्त कमिटीले घोषणापत्र तयार गर्नेछ । सोही कमिटीले चुनावका लागि उम्मेदवार छनोटका विधि तथा प्रक्रिया निर्माण गर्ने, चुनावमा आफ्नो विजयीलाई सुनिश्चित बनाउन विभिन्न राजनीतिक दलसँग तालमेल गर्नका लागि सम्बन्धित जिल्लालाई अधिकार दिने भएको छ । घोषणापत्र सार्वजनिक गरिएपछि देशका सबै जिल्लाले पार्टीको वैचारिक तथा सैद्धान्तिकरुपमा निकट रहेका तथा अन्य सङ्गठनसँग तालमेलको आवश्यकताको अध्ययन गरी निर्णय लिनेछन् । त्यसैगरी आगामी वैशाख २ गतेदेखि देशव्यापी चुनावी सभा सञ्चालन गर्ने भएको छ...

Read More